Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

प्रदेश संरचनालाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

प्रदेश संरचनालाई भ्रष्टाचारमुक्त बनाउनुपर्छ : मुख्यमन्त्री आचार्य

बिहिवार , आश्विन ३, २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने बताएका छन्।

संविधान तथा राष्ट्रिय दिवस २०८१ को मुल समारोह कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन्।

उनले नागरिकहरुमा बढ्दो आकांक्षालाई सम्बोधन गर्न राजनीतिक दलहरुमा दरिलो एकता, समन्वय र सहकार्य जरुरी रहेको बताए।

मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन सबै सरोकारवाला निकायको जिम्मेवारीपूर्ण भूमिका रहने बताए ।

उनले योजना निर्माण र कार्यान्वयनको तहमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा अग्रणी स्थानमा रहेको दावी गर्दै दिर्घकालीन लक्ष्य निर्धारण गरेर योजनाबद्ध विकासलाई प्राथमिकतामा राखेको बताए।

साझा अधिकार सूचीका कानुनहरु सबै नबन्दा केही कठिनाइ महसुस भएको मुख्यमन्त्री आचार्यले बताए ।

कानुनहरू संघीय सरकारबाट द्रुत गतिमा निर्माण गर्न प्रदेश सरकारले समन्वय र सहकार्य गर्न तत्पर रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077