Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

हेटौंडाबाट एक करोड बढीको अवैध कपडासहित दुई जना पक्राउ

हेटौंडाबाट एक करोड बढीको अवैध कपडासहित दुई जना पक्राउ

बिहिवार , आश्विन ३, २०८१

हेटौंडा । हेटौंडाबाट भन्सार छली ल्याएको एक करोड बढी मुल्यको अवैध लत्ताकपडासहित भारतीय नागरिक पक्राउ परेका छन् ।

मकवानपुर प्रहरीले बुधवार रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको हो ।

पूर्व–पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौंडादेखि काठमाडौंसम्म लैजान खोजिएको अवैध लत्ताकपडा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।

डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मुल्य बराबरको रहेको छ।

प्रहरीले ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पुर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको छ।

ट्रकभित्र प्रहरीले झुक्याउन आलुको बोरा राखिएको थियो । ट्रकमा ३ सय ४५ बोरा आलुको भन्सार बिल बनाएर प्रतिबोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखिएको प्रहरीले जनाएको छ।

आलुको बोरा राखिएको सँगै ट्रकको भित्री भागमा ७४ वटा बोरामा तयारी कुर्ता, रोलसहितको सर्ट र पाईन्टको कपडाहरु ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077