Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अवैध लागूऔषधसहित तीन जना पक्राउ

अवैध लागूऔषधसहित तीन जना पक्राउ

बिहिवार , आश्विन ३, २०८१

कैलाली । अवैध लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट १ ग्राम ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीया राममति राना र २२ वर्षीया करिना राना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पर्दाथ सहित पक्राउ गरेको हो ।

त्यस्तै, सर्लाही प्रहरीले हरिवन नगरपालिका ३ डाबरी टोल बस्ने ४० वर्षीया शान्ती माया थिङ्लाई ३ किलो ७ सय ९० ग्राम गाँजासहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनको घर र पसल तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077