Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिडिओ र डिएफओसँग सेटिङ मिलाएर मलेखुमा अवैध होटेल सञ्चालन

सिडिओ र डिएफओसँग सेटिङ मिलाएर मलेखुमा अवैध होटेल सञ्चालन

बिहिवार , आश्विन ३, २०८१

धादिङ । पृथ्वी राजमार्गस्थित मलेखुमा विगत नौ वर्षदेखि वनको जग्गामा घर बनाएर होटेल सञ्चालन गरेको पाइएको छ ।

अदालतले समेत सो होटेल भत्काउन आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयमा सेटिङ मिलाएर अवैध रूपमा होटेल चलिरहेको छ ।

बेनिघाट रोराङ–३ स्थित कृपाञ्जली होटेलले सार्वजनिक बन क्षेत्र मिचेर होटेल चलाएको हो । दुई वर्षअघि नै सर्वोच्च अदालतले होटेल भत्काउन मिल्ने आदेश दिए पनि कार्यान्वयन हुन सकेको छैन ।

होटेलका सञ्चालक कृष्ण प्रसाद सिलवालले वन कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट सर्वोच्च अदालतले ३ पुसमा खारेज गरिदिएको थियो ।

त्यससँगै होटेल भत्काउन कानुनी बाटो खुले पनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ । राजमार्गसँगै जोडिएको सो होटेलले सार्वजनिक सम्पत्ति मिचेर लाखौँ आम्दानी गरिरहेको छ ।

सर्वोच्च अदालतको फैसलाका आधारमा डिभिजन वन कार्यालय धादिङले गत वर्ष २७ मंसिरमा होटेल खाली गर्न १५ दिने सूचना जारी गरेको थियो । तर, होटेल खाली हुन सकेन ।

स्रोतका अनुसार होटेलका सञ्चालकले जिल्ला प्रशासन कार्यालयदेखि वन कार्यालयसम्म सेटिङ मिलाएका छन् । धादिङका सिडिओ राजेन्द्रदेव पाण्डे र डिफओ राजेन्द्र प्रसाद आचार्यले होटेल खाली गराउन चासो दिएका छैनन् ।

होटेल व्यवसायी सिलवालले पटक–पटक भेटेर वन कार्यालयको निर्णय कार्यान्वयनमा ढिलाइ गरिदिन आग्रह गर्दै आएका छन् । यसमा आर्थिक चलखेलको समेत आशंका स्थानीयको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077