Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सिमानाबाट लागूऔषधसहित दुईजना पक्राउ

सिमानाबाट लागूऔषधसहित दुईजना पक्राउ

शुक्रवार , आश्विन ४, २०८१

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित नेपाल भारत सिमानाबाट भीमदत्त नगरपालिका–३ बस्ने ३० वर्षीय टेकेन्द्र भट्ट र भीमदत्त नगरपालिका–६ बस्ने ३० वर्षीय गणेश पाण्डेय पक्राउ परेका हुन् ।

दुबै जनालाई ० दशमलव ९५ ग्राम लागुऔषध (खैरो हिरोइन) र पुरोक्सोइन स्पास लेखिएको ११ वटा क्याप्सुलसहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागू औषध नियन्त्रण ब्युरो शाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077