Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

धनगढीबाट ६ जना जुवाडे पक्राउ

धनगढीबाट ६ जना जुवाडे पक्राउ

शुक्रवार , आश्विन ४, २०८१

कैलाली । कैलालीमा ६ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका-७ क्याम्पस चोकमा रहेको प्रयाग राज जोशीले सञ्चालन गरेको नास्ता पसलको तेस्रोमा जुवातास खेलिरहेको अवस्थामा नास्ता पसल सञ्चालक प्रयाग राज जोशीसहित ६ जना पक्राउ परेका हुन्।

गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २३ हजार ३४० र १ गड्डी ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077