Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दरबारमार्गबाट पक्राउ परेका तिलक ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

दरबारमार्गबाट पक्राउ परेका तिलक ज्यान मार्ने उद्योगका फरार प्रतिवादी

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । दरबारमार्गबाट पक्राउ परेका एक जना ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेका छन्।

दरबारमार्गमा संविधान दिवसका अवसरमा आयोजित ‘नेशनल डे कन्सर्ट’ मा धकेलाधकेल र अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका तिलक खड्का ज्यान मार्ने उद्योगका फरार प्रतिवादी रहेका खुलेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार बझाङ मष्ट गाउँपालिका ३ स्थायी घर भई माछापोखरी बस्दै आएका १९ वर्षीय तिलक खड्का पक्राउ परेका हुन्।

खड्काविरूद्ध प्रहरी वृत्त दरबारमार्गबाट तीन महिनाअघि मुद्दा चलेको थियो। त्रिचन्द्र क्याम्पसमा तीन महिना अगाडि सोही क्याम्पस पढ्ने प्रवेश लामालाई ‘नक’ले प्रहार गरेर घाइते बनाएका थिए।

खड्काविरूद्ध ज्यान मार्ने उद्योग कै अर्को घटना पनि रहेको खुलेको हो। यद्यपि उक्त मुद्दामा भने उनी धरौटीमा छुटेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077