Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गोदाम नै राखेर उपत्यकामा लागूऔषधको कारोबार, ट्रामाडोलसहित चार जना पक्राउ

गोदाम नै राखेर उपत्यकामा लागूऔषधको कारोबार, ट्रामाडोलसहित चार जना पक्राउ

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले लागुऔषध बिक्री गर्न राखिएको गोदाममा छापा मारेको छ ।

उपत्यकामा बिक्रीका लागि राखिएको गोदममा ब्यूरोको कोटेश्वर टोलीले छापा हानेको हो ।

उक्त गोदामबाट ब्यूरोले ठूलो मात्रामा लागूऔषधका ट्रामाडोलसहित चार जनालाई पक्राउ गरेको छ ।

ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले उक्त गोदाममा छापा मारेको थियो ।

ब्यूरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेका थिए ।

पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077