Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने कार्यालय सहयोगी पक्राउ

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने कार्यालय सहयोगी पक्राउ

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं। प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा एक वर्षअघि नै प्रहरीको कार्यालय सहयोगीबाट जागिर छाडेका एक जना पक्राउ परेका छन् ।

प्रहरीको सई हुँ भन्दै मान्छे पक्राउ गरिदिने भनेर ठगी गरेको आरोपमा प्रहरीले गोविन्द श्रेष्ठलाई पक्राउ गरेको हो।

ठगी आरोपमा पूर्वकार्यालय सहयोगी तथा नक्कली सई खोटाङको जन्तेढुंगा गाउँपालिका–३ घर भइ काठमाडौं बस्दै आएका २९ वर्षीय गोविन्द श्रेष्ठलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ ।

उनले चेक बाउन्स मुद्दाका फरार प्रतिवादी सरिता तामाङलाई पक्राउ गरिदिने भन्दै १५ हजार रुपैयाँ लिएर ठगी गरेको खुलेको छ ।

श्रेष्ठले आफू नेपाल प्रहरीको सई भएको बताउँदै तामाङलाई पक्राउ गरिदिने र त्यसका लागि १५ हजार चाहिने भन्दै ठगी गरेको आरोप छ ।

तामाङले आशिका वाईवा नाम गरेकी महिलालाई ४ लाख रुपैयाँ दिनुपर्नेमा ४ लाखको चेक दिएका थिए । तर उक्त चेक बाउन्स भएपछि वाइवा जाहेरी लिएर जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी थिइन् ।

त्यही बेला श्रेष्ठले आफू सई भएको बताउँदै ठगी गरेको खुलेको हो । पक्राउ परेका श्रेष्ठ २०७३ देखि २०८० सालम्म प्रहरी कार्यालय सहयोगीमा जागिर खाएका थिए ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयमा रहेका बेला उनले जागिर छाडेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077