Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाली सेनाको टोली चीन प्रस्थान

नेपाली सेनाको टोली चीन प्रस्थान

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौं । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्डसिप अभ्यास' हुने भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको हो ।

नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न देशका सेनासँग यस्ता अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।​

विक्रम संवत् २०७४ देखि शुरू भएको उक्त अभ्यासअन्तर्गत यो चौथो सँस्करण चीनको चोङ्क्वीङमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077