Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

क्यानडा पठाइदिने भन्दै १८ लाख भन्दाबढी ठगी गरेको आरोपमा भण्डारी पक्राउ

क्यानडा पठाइदिने भन्दै १८ लाख भन्दाबढी ठगी गरेको आरोपमा भण्डारी पक्राउ

शुक्रवार , आश्विन ४, २०८१

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ३५ हजार ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने, ‘आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जना पीडितलाई लामो समयसम्म झुक्यानमा राखेपश्चात् विदेश नपठाई सम्पर्कविहीन भएकोमा पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

उनी सुन्दरीजलबाट पक्राउ परेका हुन् । साथै उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077