Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विवाहेतर सम्बन्धका कारण आमा-छोराको विभत्स हत्या भएको खुलासा

विवाहेतर सम्बन्धका कारण आमा-छोराको विभत्स हत्या भएको खुलासा

शुक्रवार , आश्विन ४, २०८१

उदयपुर । उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

एक हप्ता लामो अनुसन्धानपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले आरोपित ३२ वर्षीय ताराबहादुर मगरलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीका अनुसार घटनाको सुक्ष्म अध्ययनपछि प्रहरीले आमा–छोरा हत्या प्रकरणका आरोपितलाई पक्राउ गर्न सफल भएको छ ।

गत भदौ २० गते बिहान पसल भएको घरमा मृत भेटिएका आमाछोराको हत्या स्थानीय ३२ वर्षीय ताराबहादुर मगरबाट भएको अनुसन्धानबाट खुलेको उदयपुर प्रहरीले जनाएको छ ।

अभियुक्त ताराबहादुरले धारिलो हतियार प्रयोग गरी घाँटी तथा शरीर हानेर विभत्स रुपमा आमाछोराको हत्या गरेको खुलेको हो । प्रहरीले घट्नामा प्रयोग भएको हतियार र मृतकको मोबाइल समेत फेला पारे पारेको जनाएको छ ।

घटना घटाएर लुकाई राखेको खुकुरी १ थान र खोलामा फालेको मृतकको फुटेको मोबाइल प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार घटनास्थलदेखि ३ सय मिटर टाढा सोरुङ खोला पारि मगरको घर छ।

निर्मलाका श्रीमान् अशोक २ वर्षयता दोस्रो बिहे गरेर भारतमा बस्दै आएका छन् । निर्मला नाबालक छोराका साथ पसल गर्दै आएकी थिइन् । पसलमा आउने जाने, मदिरा सेवन गर्ने गरेका मगर र निर्मलाबिच विवाहेतर सम्बन्धका घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

उनीहरूबिचको हिमचिमलाई लिएर मगरकी श्रीमती र निर्मलाबिच केही समयअघि विवादसमेत भएको प्रहरीको भनाइ छ।

गत भदौ २० गते बिहान ८ः२० बजे सोरुङछविसे वडा कार्यालय परिसरको पसलमा थापा आमा छोरा मृत भेटिएका थिए।

प्रतिवादी मगरको नाममा किटानी जाहेरी परिसकेको छ । प्रतिवादीलाई उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी योगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077