Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दशैं सुरु नहुँदै कोहलपुरमा करोडसम्मको जुवा

दशैं सुरु नहुँदै कोहलपुरमा करोडसम्मको जुवा

शुक्रवार , आश्विन ४, २०८१

बाँके । कोहलपुरमा दशैं सुरु नहुँदै जुवाका खाल बढेका छन् । दैनिक एक करोडसम्म हारजित हुने जुवाखाल सञ्चालन भइरहेको र यसमा प्रहरीकै मिलेमतो रहेको स्थानीयको दाबी छ ।

जुवा खेलाउनकै लागि केही जुवाडे तथा व्यापारीहरुले होटल तथा घर नै भाडामा लिएको समेत खुलेको छ ।

जुवा खेलाउनेहरुसँग इलाका प्रहरी कार्यालयका घुमुवाहरुको सेटिङ रहेको स्रोत बताउँछ । उनीहरुले बाँकेका एसपी तुलबहादुर कार्कीसँग समेत निकटस्थ सम्बन्ध बनाएका छन् ।

प्रहरीमा सेटिङ मिलाएर जुवा चलाइएको भन्दै उनीहरुले बुटवलदेखिका जुवाडे बोलाएर खेलाउने गरेका छन् ।

* यसअघि समाचारमा भुलबस अन्यथा प्रकाशित हुन गएकोमा सच्याइएको छ । सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077