Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माछा मारेर फर्किदै गरेका पाँचजना पक्राउ, लगाएका थिए करेन्ट !

माछा मारेर फर्किदै गरेका पाँचजना पक्राउ, लगाएका थिए करेन्ट !

शनिवार , आश्विन ५, २०८१

स्याङ्जा । करेन्ट लगाई माछा मारेको आरोपमा वालिङ नगरपालिकाका-५ जना पक्राउ परेका छन् । बिजुली प्रयोग गरी अवैध तरिकाले माछा मारेको भन्दै उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका-१३ पाठेखोलाका २८ वर्षीय गोपाल जिटी, २५ वर्षीय मनोज साहानी, ४२ वर्षीय प्रमोद साहानी, २८ वर्षीय सन्जय साहानी र ३२ वर्षीय बालकृष्ण साहानी रहेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

जिटी वडा सदस्य हुन। अन्य ४ जना भने रौतहट जिल्ला घर भई वालिङमाबसी रंगरोगन काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077