Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

बागमती सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

आइतवार , आश्विन ६, २०८१

हेटौँडा । बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ ।

मुख्यमन्त्री बहादुरसिंह लामा, एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजनामन्त्री सुरजचन्द्र थपलिया र सांसदहरुको उपस्थितिमा सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै मुख्यमन्त्री लामाले नागरिकको आकांक्षा र महत्वकांक्षालाई समेट्ने गरी सरकार अघि बढेको बताए ।

सरकारले न्यूनतम साझा कार्यक्रमले विकास निर्माण र नागरिकको आवश्यकतालाई समेट्ने काम गरेको उनले बताए ।

प्रदेश सरकारले आवश्यकताको आधारमा विकास र सुशासनका कामलाई तीव्रता दिएको मुख्यमन्त्री लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077