Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पक्राउ परेपछि दुर्गा प्रसाईं भने - एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु !

पक्राउ परेपछि दुर्गा प्रसाईं भने - एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु !

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन्।

प्रहरीले प्रसाईंलाई भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका हुन् ।

प्रहरीलाई प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’

साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको थियो ।  प्रसाईंलाई आइतबारै प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

पछिल्लो समय उनी 'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान' का नाममा गतिविधि गरिरहेका थिए।

प्रसाईंमाथि विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिने गरेको उजुरी छ। सोही उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

गत बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।

आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रसाईंले त्यसको विरोध गर्दै खारेज हुनुपर्ने बताइरहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077