Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जीबी र रविका पार्टनर छविलाल जोशी पक्राउ

जीबी र रविका पार्टनर छविलाल जोशी पक्राउ

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी जोशीलाई पक्राउ गरेको हो।

उनी जीबी राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका व्यापारिक साझेदारसमेत हुन् ।

कास्की प्रहरीको पत्रका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शं‍खमूलबाट पक्राउ गरेको हो ।

संसदीय विशेष समितिले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित रास्वपा सभापति लामिछानेसहित जीबी राई, कुमार रम्तेलर र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

गोरखा मिडिया नेटवर्क प्रालिमा उनीहरु तीन व्यापारिक साझेदार रहेका थिए । ग्यालेक्सी टेलिभिजन सञ्‍चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ५० प्रतिशत सेयर थियो। टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए।

गृहमन्त्री रमेश लेखकले आज मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए ।

लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077