Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

वित्तीय अपराधबारे छुट्टै अनुसन्धान ब्यूरो स्थापना गर्न अध्ययन समिति गठन

वित्तीय अपराधबारे छुट्टै अनुसन्धान ब्यूरो स्थापना गर्न अध्ययन समिति गठन

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । नेपाल प्रहरीले आर्थिक अपराधको मात्रै अनुसन्धान गर्न ‘वित्तीय अनुसन्धान ब्यूरो’ स्थापनाका लागि प्रस्ताव गरेको छ ।

प्रहरी प्रधान कार्यालयले ‘वित्तीय अनुसन्धान ब्यूरो’ स्थापनाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, आईजीपी वसन्त कुँवर र महाशाखाका प्रमुखहरूसँग छलफल गरेको हो ।

प्रधान कार्यालयले छुट्टै ब्युरो बनाउँदा १४२ जना प्रहरी कर्मचारीको नयाँ दबरबन्दी थप्न प्रस्ताव गरेको छ ।

वित्तीय अपराधका घटना दैनिक बढिरहेको भन्दै प्रहरीले ब्यूरो स्थापना गर्नका लागि सुरुवातमा नै ५० करोड बजेट विनियोजन गर्नुपर्ने प्रस्ताव गरेको छ ।

छलफलपछि गृहमन्त्री लेखकले ब्यूरो स्थापना गर्नेबारे अध्ययन गर्न र सुझाव सहितको प्रतिवेदन दिन समिति गठन गरेका छन् । गृह मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख छविलाल रिजालको नेतृत्वमा समिति गठन गरिएको हो ।

रिजाल नेतृत्वको समितिलाई १५ दिनमा ब्यूरो गठन गर्नेबारे राय सुझावसहितको प्रतिवेदन पेस गर्न भनिएको छ ।

समितिले प्रस्तावित ब्युरोको संरचना, कर्मचारी व्यवस्थापन, बजेट आवश्यकताका साथै ब्युरो स्थापना गर्दा आउने कानुनी, प्रशासनिक, र प्राविधिक पक्षहरूको अध्ययन गरी प्रतिवेदन तयार गर्ने बताइएको छ ।

ब्युरो स्थापना भएपछि बैंकिङ कसुर, ह्याकरद्वारा गरिने वित्तीय ठगी, कर छलजस्ता जटिल वित्तीय अपराधहरूको अनुसन्धान प्रभावकारी रूपमा गर्न प्रहरीलाई सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077