Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अदालत परिसरबाटै दुर्गा प्रसाईंका समर्थक पक्राउ

अदालत परिसरबाटै दुर्गा प्रसाईंका समर्थक पक्राउ

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा प्रदर्शन गर्न खोज्ने केही समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने क्रममा नारा लगाउँदै विरोधमा उत्रिएका समर्थकलाई प्रहरीले पक्राउ गरेको हो ।

मेडिकल व्यवसायी प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्यूरोले आइतबार दिउँसो भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।

प्रसाईंविरुद्ध एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् ।

प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतले गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077