Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

काठमाडौंबाट पक्राउ परेका पूर्वडीआईजी छविलाललाई पोखरा लगिँदै

काठमाडौंबाट पक्राउ परेका पूर्वडीआईजी छविलाललाई पोखरा लगिँदै

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा लगिदैँ छ । आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई राति ८ बजेको बुद्ध एयरबाट पोखरा लगिन लागिएको हो ।

स्रोतका अनुसार हिरासतमा राख्नको लागि आवश्यक पर्ने मेडिकल रिपोर्ट पनि पोखरामै गराउने तयारी गरिएको छ ।

अमेरिकन पीआर होल्डरछविलाल लाई विदेश भाग्ने तरखरमा रहेका बेला काठमाडौंको जडिबुटीबाट नियन्त्रणमा लिएको बताइएको छ ।

जोशीलाई प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो । सहकारी ठगी छानबिन विशेष समितिले जोशीलाई कारबाहीको सिफारिस गरेको थियो ।

उनी गोरखा मिडियाका अध्यक्ष जीबी राई र रवि लामिछानेका व्यावसायीक पार्टनर हुन् । समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयबाट प्रहरीलाई निर्देशन आएसँगै गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई समेत पक्राउ गरेर अनुसन्धान गर्ने बाटो खुलेको छ ।

यस्तै सहकारी छानबिन समितिले छविलाल र रविसहित जीबी राई र कुमार रम्तेललाई पनि प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077