Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माछापोखरीको फ्लोरिडा डान्सबारमा लुटपाट धन्दा, सञ्चालकसहित ३ जना पक्राउ

माछापोखरीको फ्लोरिडा डान्सबारमा लुटपाट धन्दा, सञ्चालकसहित ३ जना पक्राउ

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । काठमाडौंको माछापोखरीस्थित फ्लोरिडा डान्सबार एण्ड रेष्टुरेन्टका सञ्चालक सरद तामाङसहित तीनजना लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् ।

उनीहरूले ग्राहकबाट अनुचित रकम असुल गर्ने, रकम नदिएमा कुटपिट गर्ने र ज्यान लिने धम्की दिने गुनासो आएको थियो ।

सोही सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार सो रेष्टुरेन्टमा छापा मारेको थियो ।

त्यस क्रममा प्रहरीले रेष्टुरेन्टका सञ्चालक तामाङ र उनका दुई सहयोगी कृष्ण तामाङ र अजय तामाङलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका तीनै जना काभ्रेपलाञ्चोक जिल्लाका बासिन्दा हुन् । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077