Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बौद्धको जुवाखालबाट चिनियाँ र तिब्बती नागरिकसहित ७ जना पक्राउ

बौद्धको जुवाखालबाट चिनियाँ र तिब्बती नागरिकसहित ७ जना पक्राउ

आइतवार , आश्विन ६, २०८१

काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नम्बर ६ स्थित बौद्ध तीनचुली फुलबारी मार्गको एक घरमा जुवा खेलाउने गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन् ।

प्राप्त सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पुष्पा लामाको घरको दोस्रो तलामा रहेको 'गेम जोन' लेखिएको सटरभित्र 'फिस शूट गेम' खेलमा रकमको हारजित हुने गरी खेलाइरहेको पाइएपछि प्रहरीले छापा मारेको हो ।

शुक्रबार प्रहरीले चीन, भारत, र नेपालका विभिन्न स्थानका ७ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।

चिनको तिब्बत आम्दो निवासी, हाल काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध फुलबारी बस्ने सोनाम तामाङ, भारतको बिहार, बेङ्गलुरू निवासी, हाल बौद्ध टुसाल बस्ने जाम्पा खेदुप, तिब्बत ल्हासा निवासी, हाल बौद्ध तीनचुली बस्ने नोर्बु साम्देन, तिब्बत, सिगाचे निवासी, हाल बौद्ध टुसाल बस्ने दासाङ, चीनको सिचुआन प्रान्त, शिनिउ टाउन निवासी, हाल काठमाडौं महानगरपालिका २७ बस्ने वेई चुनलिन, काठमाडौं महानगरपालिका-६ सिमलटारका तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ४ निवासी, हाल बौद्ध तीनचुली बस्ने लोप्साङ लामा पक्राउ परेका हुन् ।

पक्राउ परेका ब्यक्तिहरूबाट 'फिस शूट गेम' खेल्ने उपकरण, नगद १२ लाख १ हजार, ३१०० चिनियाँ युआन, २ हजार अमेरिकी डलर र ७ वटा मोबाइल बरामद गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका सबै व्यक्तिहरूलाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077