Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदै

छविलाल जोशीलाई आज अदालतमा उपस्थित गराइँदै

सोमवार , आश्विन ७, २०८१

कास्की । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई आज म्याद थप गर्न अदालत लगिँदैछ ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समितिका सदस्य समेत रहेका जोशीलाई हिजो राति नै बुद्ध एयरको जहाबाट पोखरा लगिएको थियो । उनलाई आइतबार काठमाडौंको शंखमुलबाट पक्राउ परी पोखरा लगिएको हो ।

जोशीलाई सोमबार म्याद थप गर्न जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनी भागेर विदेश जान लागेको भन्ने गोप्य सूचनापछि पक्राउ परेका थिए । उनी सहकारी ठगी प्रकरणमा पक्राउ परेका हुन् ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक छविलाल जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077