Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

रवि लामिछानेविरुद्ध चितवन प्रहरीले पनि थाल्यो अनुसन्धान

रवि लामिछानेविरुद्ध चितवन प्रहरीले पनि थाल्यो अनुसन्धान

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । संसदीय छानविन समितिको प्रतिवेदन कार्यान्वायनमा गएसँगै पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको अनुसन्धानलाई प्रहरीले तिव्रता दिएको छ ।

गृहमन्त्री रमेश लेखकले नै लामिछानेमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्रीकै निर्देशनपछि आइतबार गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी पक्राउ परेका छन् ।

कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो । जोशीको बयानपछि लामिछानेको हकमा निर्णय लिने प्रहरी तयारी छ ।

त्यस्तै, चितवन प्रहरीले पनि लामिछानेमाथि अनुसन्धान थालेको छ । जिबी राई समूहले सञ्चालन गरेको चितवनको साहारा चितवन सहकारीबाट पनि गोर्खा मिडियामा पैसा गएको हो ।

सो पैसा टेलिभिजनका प्रबन्ध निर्देशकका रुपमा उनले अपचलन गरेको अभियोग रविमाथि लागेको छ ।

स्रोतका अनुसार साहारा सहकारीको अनुसन्धान प्रतिवेदन केही दिनमै बुझाउन लागिएको छ । सोही कारण चितवन प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077