Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कांग्रेसलाई अझै पनि जनताको समर्थन आवश्यक छ : सभापति देउवा

कांग्रेसलाई अझै पनि जनताको समर्थन आवश्यक छ : सभापति देउवा

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अझै बढी जनताको समर्थन आवश्यक रहेको बताएका छन्।

पार्टी कार्यालय सानेपामा भएको मिश्रित निर्वाचन प्रणालीबारेको छलफलमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन् । सभापति देउवाले यो देशको मालिक जनता भएको बताए।

सभापति देउवाले भने,‘जनता यो देशको मालिक हो त्यसैले सार्वभौम सम्पन्न जनता भनिएको हो। जनताको समर्थन अत्यन्त आवश्यक हुन्छ । कांग्रेसलाई अझ बढी जनताको पार्टी र उत्तरदायी पार्टी बनाउने काममा लाग्नुपर्छ।’

उनले जनताको समर्थन बढ्दै गएमा आमचुनावमा कांग्रेसले एक्लै बहुमत ल्याउने पनि बताए। सभापति देउवाले देश समावेशी, समानुपातिकको आधारमा समाजलाई लैजाने दिशामा अघि बढिरहेको पनि बताए।

समानुपातिक र प्रत्यक्ष निर्वाचनको सम्बन्धमा केही समस्या रहेको भए पनि समावेशी अति आवश्यक रहेको उनको भनाइ छ। देशमा समावेशी प्रणाली मात्रै नभइ समावेशी समाज रहेको सभापति देउवाले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077