Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

आईजीपी कुँवर ग्रीस प्रस्थान

आईजीपी कुँवर ग्रीस प्रस्थान

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन् ।

ग्रीसको एथेन्समा हुने यूएस ड्रग इन्फ्रसमेन्ट एडमिनिस्ट्रेसनको आयोजनामा सञ्चालन हुने ३८औं इन्टरनेशनल ड्रग इनफ्रसमेन्ट कन्फ्रेन्समा सहभागी हुन आइजीपी कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशकुमार आचार्य समेत सहभागी हुनका लागि प्रस्थान गरेका छन्।

आइजीपी कुँवर र एसएसपी आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी), प्रहरी नायव महानिरीक्ष (डीआईजीपी) लगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा पुगेर शुभकामना सहित बिदाई गरेका थिए।

आईजीपी कुँवरको अनुपस्थितिमा एआईजीपी टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सहित कार्यवाहक प्रहरी महानिरीक्षको जिम्मेवारी सम्हालेका छन् ।

राई प्रहरी प्रधान कार्यालयमा रहेको प्रशासन विभागको प्रमुखको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077