Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चिनियाँको जुवा अड्डामा प्रहरीले हान्यो छापा, १२ लाख बरामद

चिनियाँको जुवा अड्डामा प्रहरीले हान्यो छापा, १२ लाख बरामद

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । प्रहरीले काठमाडौंमा जुवा खेलिरहेको ठाउँबाट १२ लाख रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको छ।

चिनियाँ नागरिकले सञ्चालन गरेको अवैध जुवा घरमा छापा मारेर प्रहरीले ७ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चार चिनियाँ, एक भारतीय र दुई नेपाली नागरिकहरु छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चीनको तिब्बतस्थित आम्दो घर भएका २४ वर्षीय सोनाम तामाङ, तिब्बतस्थित ल्हासा घर भएका ३० वर्षीय नोर्बु साम्देन, तिब्बतस्थित सिगाचे घर भएका २७ वर्षीय दासाङ र चीनको सिचुवान प्रान्त सिनुहा टाउन घर भएका ४५ वर्षीय विई चुनलिन रहेका छन् ।

त्यस्तै, भारतीय नागरिक जाम्पा खेदुप, नेपालीहरु काठमाडौं -६ सिमलटार बस्ने २८ वर्षीय तेन्जिङ नोर्बु शेर्पा र सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका-४ घर भएका ३५ वर्षीय लोप्साङ लामालाई पनि प्रहरीले जुवाको खालबाट पक्राउ गरेको हो।

यो समूहले बौद्ध तीनचुलीस्थित पुष्पा लामाको घर भाडामा लिएर दोस्रो तलामा ‘गेम जोन’ भन्दै ‘फिस सुट गेम’को नाममा हारजित हुने गरी जुवा खेलाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेकाहरुबाट जुवा खेलाउन प्रयोग गरिएको उपकरण १ थान, १२ लाख १ हजार नगद, ३ हजार १ सय चाइनिज युयान, २ हजार अमेरिकन डलर र ७ थान मोबाइल बरामद भएको छ ।

पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077