Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सहकारी ठगी पक्ररणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

सहकारी ठगी पक्ररणमा पक्राउ परेका जोशीलाई कास्की अदालतमा उपस्थित गराइयो

सोमवार , आश्विन ७, २०८१

पोखरा । सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई अदालतमा उपस्थित गराइएको छ।

काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएका जोशीलाई आज म्याद थप गर्न जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो ।

संसदीय छानबिन विशेष समितिले सहकारी बचत ठगीमा गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशीसहितलाई कारबाही गर्न सिफारिस गरेको थियो।

जोशी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन्। समितिले जिबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई पनि कारबाही सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077