Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

धनुषा प्रहरीको हिरासतबाट भागेका सात जना पक्राउ

धनुषा प्रहरीको हिरासतबाट भागेका सात जना पक्राउ

सोमवार , आश्विन ७, २०८१

धनुषा। धनुषामा हिरासत फोडेर भागेका सात थुनुवा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत फोडेर भागेका सात थुनुवालाई प्रहरीले पक्राउ गरेको हो।

हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । फरारमध्ये सत्यम झालाई प्रहरीले बिहानै पक्राउ परेको थियो।

उनलाई जनकपुरबाट पक्राउ गरिएको थियो। मनिष मण्डल र विशाल मुखिया फरार छन्। उनीहरूको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

अमितकुमार झा, रञ्जित मण्डल, रोशनकुमार मण्डल, भाष्करकुमार यादव पक्राउ परेका हुन्। उनीहरू लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका थिए।

सुमित मेस्तर र बिक्की कार्कीलाई पनि दिउँसो पक्राउ गरिएको हो। उनीहरू अभद्र व्यवहार मुद्दा पक्राउ गरिएको थियो। उनीहरूलाई धनुषाको औरही गाउँपालिकास्थित नेपाल-भारत सिमा आसपासबाट पक्राउ गरिएको हो ।

आज बिहान करिब ४ बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेका थिए। हिरासतमा १० जना रहेकामा एक जना भने भागेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077