Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति

छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति

सोमवार , आश्विन ७, २०८१

पोखरा । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने कि नराख्ने भन्ने बहसपछि जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ५ दिनको म्याद थप भएको हो ।

गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालकसमेत रहेका जोशीलाई आइतबार काठमाडौंबाट पक्राउ गरि साँझ पोखरा लगिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएर कास्की लगेको थियो ।

गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077