Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

काठमाडौं परिसरको ५० लाख काण्ड : इन्स्पेक्टर पनि छानविनमा

काठमाडौं परिसरको ५० लाख काण्ड : इन्स्पेक्टर पनि छानविनमा

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरी दुई दिन थुनामा राखेर ५० लाख रुपैयाँ बिचौलियामार्फत असुलेर छाडिएको घटनामा इन्स्पेक्टरको समेत शंकास्पद भूमिका देखिएको छ ।

काठमाडौं परिसरका इन्स्पेक्टर प्रतिक सिंहको कमजोरीका कारण सो घटना भएको उपत्यका प्रहरी कार्यालयले गरेको छानविनले देखाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसीको नेतृत्व यस विषयमा इन्स्पेक्टर सिंहको समेत कमजोरी औंल्याएर प्रतिवेदन बुझाएको स्रोत बताउँछ ।

सिंहको मातहत काम गर्ने हवल्दार गणेश खड्का क्यानडा बस्ने आशिष आचार्यलाई क्रिप्टो कारोबारको आरोपमा पक्राउ गरेका थिए । नेपाल आएको बेला आचार्य पक्राउ परेका थिए ।

उनलाई दुई दिन थुनामा राखेपछि प्रमाण नभेटिएको भन्दै छाडिएको थियो । यस क्रममा आचार्यकी दिदीले प्रहरीलाई बुझाउन भनेर बिचौलिया तेज तामाङलाई ५० लाख रुपैयाँ बुझाएकी थिइन् ।

तर, प्रहरीले छाड्ने क्रममा ‘गुडफेथ’मा छाडिएको बताइएको थियो । सो विषयमा पीडितकी दिदीले प्रहरी अधिकारीलाई गुनासो गरेपछि छानबिन सुरु हुँदा लेनदेन पुष्टि भएको हो ।

हवल्दार खड्का र तामाङबीच पुरानो चिनजान भएकाले पैसा असुल्ने योजनाअनुसार नै उनलाई पक्राउ गरेको खुलेको छ । तामाङ फरार रहेकाले उनले ५० लाख रुपैयाँ क–कसलाई बुझाए भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077