Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीमा दुई महिनामै ८१ जना लागुऔषधसहित समातिए

कैलालीमा दुई महिनामै ८१ जना लागुऔषधसहित समातिए

सोमवार , आश्विन ७, २०८१

धनगढी । कैलालीमा दुई महिनाको अवधीमा लागुऔषध सम्बन्धी मुद्दामा ८१ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौमा लागुऔषध सम्बन्धीका ५३ मुद्दामा ८१ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको हो ।

आइतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले लागुऔषधको कारोबार तथा सेवनमा संलग्न ८१ जनालाई पक्राउ गरि मुद्दा चलाइएको जानकारी दिए । बिष्टले पक्राउ पर्नेमा दुई जना महिला र ७९ जना पुरुष रहेको बताए ।

उनकाअनुसार साउनमा दर्ता भएका ३३ वटा मुद्दामा ४७ जना र भदौमा दर्ता भएका २० मुद्दामा ३४ जनालाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट विभिन्न खालका लागुऔषध समेत बरामद गरिएको छ ।

भदौमा मात्र २० किलो ८९९ ग्राम चरेस, साढे १५ ग्राम खैरो हेरोईन, १९ क्याप्सुल ट्रमाडोल बरामद गरिएको एसपी बिष्टले बताए । उनकाअनुसार साउनमा ३८ ग्राम ३७० मिलीग्राम चरेस, १९ ग्राम ९३० मिलीग्राम खैरो हेरोईन, १२ वटा फेनागन एम्पुल, ५ ट्यावलेट नाइट्रोभेट लगायतका लागुऔषध बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077