Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कञ्चनपुरबाट तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

कञ्चनपुरबाट तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

मंगलवार , आश्विन ८, २०८१

कञ्चनपुर । कञ्चनपुरका वेदकोट र भीमदत्त नगरपालिकाबाट तास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वेदकोट नगरपालिका-५ धरमपुरस्थित एक घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरिएको हो ।

उनीहरूका साथबाट २३ हजार १ सय ५ रुपैयाँ र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै सोमरबार राति नै भीमदत्त नगरपालिका-१० सुकासालस्थित घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट ४२ हजार ७ सय ७० रुपैयाँ र १० गड्डी तास बरामद गरिएको कञ्चनपुुर प्रहरीले जनाएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077