Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सहकारी ठगी प्रकरण : सरकारी वकिलको कार्यालयमा छविलाल जोशीको बयान जारी

सहकारी ठगी प्रकरण : सरकारी वकिलको कार्यालयमा छविलाल जोशीको बयान जारी

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सुरू भएको छ।

पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका जोशीको बयान सरकारी वकिल कार्यालयमा सुरु भएको हो ।

बयानका लागि जोशीलाई बिहान १० बजे सरकारी वकिल कार्यालय पुर्‍याएको थियो। अहिले बयान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले पाँच दिनको म्याद दिएको छ।

सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक जोशीलाई प्रहरीले आइतबार साँझ काठमाडौंबाट पक्राउ गरेको थियो।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदनमा जोशीलाई कानुनअनुसार कारबाहीका लागि सिफारिस गरेको थियो।

समितिले जोशीसहित गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको छ।

समितिले प्रतिनिधिसभामा प्रतिवेदन बुझाएलगत्तै त्यसलाई सरकारसमक्ष पठाउन सभामुखले निर्देशन दिएका थिए।

उनीहरूले सुप्रिम, सूर्यदर्शन, सानोपाइला, सहारा र स्वर्णलक्ष्मी सहकारी बचत तथा ऋण सहकारी संस्थाबाट गोर्खा मिडियामा रकम लिएर ठगी गरेको समितिले ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077