Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चार लाख लिएर तिब्बती नागरिकलाई नागरिकता बनाइदिने चार जना पक्राउ

चार लाख लिएर तिब्बती नागरिकलाई नागरिकता बनाइदिने चार जना पक्राउ

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । प्रहरीले झुठ्ठा विवरण पेश गरी नागरिकता बनाउने कार्यमा संलग्न चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घर भइ हाल काठमाडौं महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल छन् ।

त्यस्तै प्रहरीले नको तिब्बतस्थित हिन्दे घर भइ हाल काठमाडौं महानगरपालिका-६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पालाई पनि पक्राउ गरेको छ ।

जुवासम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६र०१र८१र०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उनीहरुले छिरिङ ढुन्डुपको नागरिकता नगद चार लाख रूपैयाँमा बनाइ दिएको प्रहरी अनु सन्धानबाट खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुपसहित चारजनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077