Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

मंगलवार , आश्विन ८, २०८१

पर्वत । प्रहरीले जबर्जस्ती करणीसम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई १८ वर्षपछि पक्राउ गरेको छ।

पर्वतको पैयु गाउँपालिका-२ बस्ने ५८ वर्षका भीमबहादुर बिक भन्ने भीमबहादुर सुनारलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।

सुनारलाई जिल्ला प्रहरी कार्यालय पर्वत र ईलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

सुनार घरमा लुकीछिपी बसिरहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ खोजतलास गर्दा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

सुनारलाई पर्वत जिल्ला अदालतको मिति २०६३।१२।२१ गतेको फैसला बमोजिम जबर्जस्ती करणीसम्बन्धी कसुरमा १३ वर्ष कैद सजायको फैसला सुनाएको थियो।

फैसला भएपछि सुनार १८ वर्षसम्म फरार थिए। पक्राउ परेका सुनारलाई आवश्यक कारबाहीको लागि पर्वत जिल्ला अदालतको आदेशले कारागार चलान गर्ने आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077