Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

एभरट्रष्ट सहकारीका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

एभरट्रष्ट सहकारीका अध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

सीआईबीले जिल्ला अदालत काठमाडौंमा सहकारीको रकम अपचलन गरेको आरोपमा संस्थाका ६ जना पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुविरुद्ध १६ करोड ५६ लाख ८७ हजार २ सय ४५ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर भएको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीले १५ भदौमा सहकारी उपाध्यक्ष बबिता डंगोल, सचिव कान्छाभाइ डंगोल, कोषाध्यक्ष विष्णुप्रसाद फुयाँल, सदस्य रामलाल महर्जन र अर्का सदस्य अमरभाइ बज्राचार्यलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका पाँचका साथै हाल फरार सहकारी अध्यक्ष दीपक थापा मगरविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077