Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवा पक्राउ

हिरासत कक्षबाट फरार भएका ९ जना थुनुवा पक्राउ

मंगलवार , आश्विन ८, २०८१

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट भागेको सबै थुनुवा पक्राउ परेका छन् । सोमबार बिहान ४ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन काटेर नौ जना थुनुवा फरार भएका थिए ।

उनीहरु सबैलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाकारी दिएको हो । धनुषा प्रहरीका अनुसार हिरासत कक्षभित्रको शौचालयको भेन्टिलेशनबाट भागेर फरार भएका सबै ९ जनालाई नै पक्राउ गरिएको हो ।

हिरासतबाट भागेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका २१ रुपैठाका अमितकुमार झा, विदेह नगरपालिका– ७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल, २४ वर्षीय रोशनकुमार मण्डल, सिरहाको सिरहा नगरपालिका– १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र धनुषाको औरही गाउँपालिका २ का सत्यम झा, जनकपुरधाम १ का १७ वर्षीय सुमित मेस्तर, जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की, औरही गाउँपालिकाका २३ वर्षीय विशाल मुखिया र नगराइन नगरपालिका २ का १८ वर्षीय मनिष मण्डल पक्राउ परेका छन्।

डेढ वर्षअघि १४ माघ २०७९ मा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर, धनुषाको हिरासतबाट समेत ६ जना थुनुवा भागेका थिए। यता, जिल्ला प्रहरीको हिरासतबाट थुनुवा फरार भएको घटनामा दुईवटा छानबिन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077