Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

नेपाल प्रहरीका ४१ एसपीको सरुवा, को-कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीका ४१ एसपीको सरुवा, को-कहाँ ? [सूचीसहित]

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो ।

असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा र काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सरुवा सूचीअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको एसपीमा श्यामबाबु ओलिया, अर्जुनप्रसाद तिमल्सिना दाङ, विश्वराम खड्का मकवानपुर, सुमनकुमार तिमल्सिना सुनसरी छन् ।

त्यस्तै जिल्लाको इन्चार्ज पाउने अन्य एसपीहरुमा ढकेन्द्र खतिवडा सप्तरी, रमेश पण्डित सिरहा, श्यामसिंह चौधरी धनकुटा, निरन्जनदत्त भट्ट कपिलवस्तु, हरिहरनाथ योगी उदयपुर, यादव ढकाल पूर्वी नवलपरासी, वीरेन्द्रबहादुर शाह तनहुँ, प्रभुप्रसाद ढकाल इलाम, केदार खनाल बर्दिया छन् ।

गोविन्दराज काफ्लेको भने सिन्धुलीमा काज भएकोमा दरबन्दी कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077