Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

उपत्यकाका ८ वृत्तका डिएसपी फेरिए

उपत्यकाका ८ वृत्तका डिएसपी फेरिए

मंगलवार , आश्विन ८, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार गरेको एक सय ४३ डिएसपीको सरुवामा उपत्यकाका ८ वृत्तका डिएसपी फेरिएका छन् ।

एक वर्ष अवधि पुगेका डिएसपीहरुको सरुवा भएको हो ।

दरबारमार्ग वृत्तमा राजकुमार श्रेष्ठ, बौद्धमा जयश्वर रिमाल, गौशालामा सुकदेव खनाल, स्वयम्भुमा उद्धवसिंह भाट, बालाजुमा दानबहादुर थापा, बानेश्वरमा बीरेन्द्र गोदार, जगातीमा रमेश पाल, मालीगाउँमा सुनिलजंग शाहलाई पठाइएको छ ।

त्यस्तै, महाराजगञ्ज वृत्तमा कार्यरत डिएसपी रबिन्द्रनाथ पौडेलको त्यही दरबन्दी कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077