Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

साहारा सहकारी ठगीमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर

साहारा सहकारी ठगीमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर

बुधवार , आश्विन ९, २०८१

चितवन । चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सहकारीको बचत रकम अपचलनमा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

सहकारी ठगी कसुरमा उनीहरुविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय चितवनले जनाएको छ ।

सरकारी वकिल कार्यालय चितवनले सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त राई, भुपेन्द्र राई, आशिष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई र देवेन्द्रबाबु राईलाई प्रतिवादी बनाएको छ ।

त्यस्तै, सहकारीको रकम अपचलनमा दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगरलाई पनि प्रतिवादी बनाएको छ।

जीबी राई समूहले ४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन गरेको दाबी गर्दै सोही बराबर बिगो, जरिवाना र कैद सजाय अभियोगपत्रमा माग गरिएको छ ।

प्रतिवादीबाट बिगो असुल उपर गर्नुका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दा लगाउँदै ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको समेत मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077