Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

बुधवार , आश्विन ९, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

साइबर ब्यूरोबाट खटिएको टोलीले उनलाई आइतवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको थियो ।

आइतबार विद्युतीय अपराध (साइबर क्राइम) को कसुरमा पक्राउ परेका प्रसाईंलाई अदालतले पहिलोपटक ३ दिन हिरासतमा राख्नका लागि अनुमति दिएको थियो।

मेडिकल व्यवसायी प्रसाईं पछिल्लो समय राजसंस्था र हिन्दूराष्ट्र फर्काउने अभियन्ता बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077