Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

खोलाको मापदण्डबारे सरकारले दायर गरेको पुनरवलोकनको निवेदन पूर्ण इजलासमा

खोलाको मापदण्डबारे सरकारले दायर गरेको पुनरवलोकनको निवेदन पूर्ण इजलासमा

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । काठमाडौंका नदी र खोला किनारको थप २० मिटर मापदण्डबारेको फैसला कार्यान्वयन गर्न नसकिने दाबी गर्दै सरकारले दर्ता गराएको पुनरवलोकन निवेदनमा आज पेसी तोकिएको छ।

निवेदन सर्वोच्च अदालतका  न्यायाधीशहरू सपना प्रधान मल्ल, तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी तोकिएको हो ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले निवेदन दर्ता गराएका थिए ।

उक्त निवेदनमा सर्वोच्चको फैसला कार्यान्वयन गर्न नसकिने तीन आधार देखाउँदै पुनरवलोकनको माग गरेको छ।

दुई न्यायाधीशको इजलासले फैसला सुनाएकाले उक्त फैसला पुन: जाँच गर्ने आदेश पूर्ण (तीन न्यायाधीशको इजलास) गठन भएको हो ।

सरकारले उपत्यकाको खोला किनारामा २० मिटर अनि थप २० मिटर कायम गर्दा आर्थिक रूपमा सम्भव नभएको, धेरै जनताको आवासको हक हनन हुने देखिएकाले पुनरवलोकन हुनुपर्ने जिकिर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077