Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

'विदेशमा रहेका नेपालीलाई भेडा' भनेको अभिव्यक्तिबारे सुर्य थापाले दिए प्रष्टिकरण

'विदेशमा रहेका नेपालीलाई भेडा' भनेको अभिव्यक्तिबारे सुर्य थापाले दिए प्रष्टिकरण

बिहिवार , आश्विन १०, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग छानबिन गर्न गठित समितिका सभापति सुर्य थापाले आफ्नो विवादास्पद अभिव्यक्तिलाई लिएर प्रष्टिकरण दिएका छन् ।

विदेशमा रहेका नेपालीलाई भेडा जमात भनेर दिएको अभिव्यक्तिबारे उनले सामाजिक सञ्जालमार्फत प्रष्टिकरण दिएका हुन्।

एउटा टेलिभिजन अन्र्तरवार्ताका क्रममा थापाले विवादास्पद अभिव्यक्ति दिएका थिए ।

उक्त अभिव्यक्तिबारे स्पष्ट पार्दै थापाले भनेका छन्,'मैले भेडा जमात भनेको विदेशमा रहेका सबै नेपालीलाई होइन, स्वदेश र विदेशमा रहेका केही संख्याका भेडाहरूलाई मात्र हो। जो परिचालित भएर भ्याभ्या गरिरहेका छन् !'

सहकारी ठगीमा क्लिन चिट पाएँ भन्ने रवि लामिछानेको दाबीलाई लिएर सामाजिक संञ्जालमा भएको टिप्पणीको विषयलाई लिएर थापाले उक्त अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077