Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

पर्यटनमन्त्री पाण्डे भन्छन् - काम गर्न नसक्नेहरूलाई पदमा बसिरहने छुट छैन

पर्यटनमन्त्री पाण्डे भन्छन् - काम गर्न नसक्नेहरूलाई पदमा बसिरहने छुट छैन

शुक्रवार , आश्विन ११, २०८१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काम गर्न नसके पदमा बसिरहने छुट कसैलाई नभएको बताएका छन्।

पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले यस्तो बताएका हुन्।

उनले काम गर्न नसक्ने कर्मचारीहरूलाई पदमा बसिरहने छुट नरहेको बताए। पर्यटनमन्त्री पाण्डेले आफूले पनि काम गर्न नसके एक मिनेट पनि मन्त्री भएर नबस्ने जिकिर गरे।

कोही पनि निकायको प्रमुखहरूले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको उनले बताए।

विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको पर्यटनमन्त्री पाण्डेले बताए।

पर्यटनमन्त्री पाण्डेले जिडिपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077