Jun 22 2026 | २०८३, आषाढ ८ गते

22 Jun 2026 | सोमवार, आषाढ ८ गते २०८३

सोमवार, आषाढ ८ गते २०८३
images
images

कार्यवाहक प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा

कार्यवाहक प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा

आइतवार , आश्विन १३, २०८१

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।

अविरल वर्षापछिको बाढी,पहिरो र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न कार्यवहाक प्रधानमन्त्री सिंहले बैठक आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा मन्त्री, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ ।

वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी,पहिरोमा परी हालसम्म १२९ जनाले ज्यान गुमाएका छन् भने ६२ जना बेपत्ता भएका छन्। बाढी पहिरोमा परी ६८ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077