Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

विपद्को जोखिमप्रति सरकार सचेत भएन : चित्रबहादुर केसी

विपद्को जोखिमप्रति सरकार सचेत भएन : चित्रबहादुर केसी

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विपद् पूर्वतयारीमा सरकारले चरम लापरवाही गरेको आरोप लगाएका छन् ।

एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले यस्तो आरोप लगाएका हुन् । बाढीपहिरोबाट हुन सक्ने जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्यांक नदेखिएको उनले बताए ।

केसीले विज्ञप्तिमार्फत् भनेका छन्,‘बाढीपहिरोबाट मानव वस्तीहरू, सडक बाटोघाटो, जग्गाजमीनमा रहेका जोखिमबारे सरकारको कुनै अध्ययन र तथ्याङ्क देखिँदैनन् । सडकमा रहेका सवारी, गाडी आदि पहिरोमा परेर पुरिने क्रम दोहोरिरहेको छ । यसले सरकारको चरम प्रकारको लापरवाही र दायित्ववोधको अभावलाई देखाउँछ ।’

बाढीपहिरो जोखिम रहेको ठाउँमा पनि सडक यात्राको जोखिमताप्रति सरकार सचेत नभएको केसीको आरोप छ ।

सडक यात्राका क्रममा हुन सक्ने जोखिमबारे सरकार सचेत नभएकै कारण देशले धेरै क्षति व्यहोरेको केसीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077