Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

अपहरण गरेपछि ५ लाख फिरौती लिएर खड्गीको हत्या, संलग्न पाँच जना पक्राउ

अपहरण गरेपछि ५ लाख फिरौती लिएर खड्गीको हत्या, संलग्न पाँच जना पक्राउ

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । भक्तपुरबाट एक पुरूषको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले हत्यापछि पाँचखाल नगरपालिका-८ को ४९ किलोमा शव फेला परेको घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

असोज ६ गते ४९ किलोमा कीर्तिपुर नगरपालिका-५ बस्ने ५० वर्षीय विनोद खड्गीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई मध्यपुर ठिमी नगरपालिका-९ बस्ने २१ वर्षीया मनिषा महत, शंखरापुर नगरपालिका-५ बस्ने २२ वर्षीया सरिन घिमिरे, महोत्तरी घर भई भक्तपुरको कौशलटार बस्ने २० वर्षीय आशिष पासवान, शंखरापुर नगरपालिका-५ बस्ने २१ वर्षीय रिकेश पौडेल र बागलुङ घर भई कोटेश्वर बस्ने १९ वर्षीय प्रतीक गौतम छन्।

अन्य व्यक्तिहरू फरार छन्। शवको पहिचान सुरूमा नखुलेपनि पछि सामाजिक सञ्जालमा प्रकाशन गरेपछि मृतक विनोद खड्गी भएको खुलेको थियो । घटनाको अनुसन्धानपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

उनीहरूले विनोदलाई अपहरण गरी ५ लाख रुपैयाँ फिरौतीसमेत लिएर हत्या गरेको खुलेको छ।

उनीहरूमाथि अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काभ्रेबाट १७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

यसबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077