Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

‘सुगर ड्याडी’सहित चार जनालाई थुनामा पठाउन अदालतको आदेश

‘सुगर ड्याडी’सहित चार जनालाई थुनामा पठाउन अदालतको आदेश

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुगर ड्याडी’को नामले चिनिएका आशिष देउलालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश दिएको हो ।

देउलासँगै उदयपुर घर भएका २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका–२९ का २२ वर्षीय साजनलाई पनि अदालतले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योग कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।

युवा–युवतीलाई रडले डामेर यातना दिने आशिष देउलाविरुद्ध सरकारी वकिल कार्यालय काठमाडौँले अपहरण तथा शरीर बन्ध र ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो ।

देउलाको समूहले युवायुवतीलाई यातना दिएर आनन्द लिने गरेको अभियोग छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077