Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

बाढीपहिरोमा परेर डिउटीकै क्रममा अस्ताए तीन सैनिक !

बाढीपहिरोमा परेर डिउटीकै क्रममा अस्ताए तीन सैनिक !

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरोमा परेर नेपाली सेनाका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्णेल मिलन केसी, अमलदार नरेन्द्र बहादुर पाल र प्युठ शंकर चन्द रहेका छन् ।

कर्तव्य पालनको सिलसिलामा उनीहरुको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रमुख सेनानी केसीको सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ४ चिहानेमा पहिरोले पुरिएर ज्यान गएको हो ।

उनी पहिरोमा पुरिएका कोरियन नागरिकहरूको उद्धारमा खटिएका थिए । सोही क्रममा उनले ज्यान गुमाए ।

यस्तै अमलदार पाल र प्युठ चन्दले दोलखाको बिगु गाउँपालिकास्थित अपर तामाकोसी हाइड्रो पावरमा ज्यान गुमाए । उनीहरु ड्याम क्षेत्रमा सुरक्षार्थ खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077